22 September 2012

कालिकोट जिल्ला

             नेपालको  इतिहासमा अत्यतै महत्व राखेको हिजोको जुम्ला साम्राज्य क्षेत्र  आर्थिक,सामाजिक  र राजनैतिक हिसाबले अग्र स्थानमा थियो तर आज  त्यसको ठिक बिपरित रोग, भोग, अक्षिक्षा, अन्धकार, गरिबी आदीको अर्को नाम कर्णाली भनेर चिनिन्छ।विकटताले परिचित कर्णाली अंचल भित्र आज पाँच वटा जिल्लाहरु प्रदछ्न। 


            यिनै  पाँच  जिल्ला भित्रको एक जिल्लाको नाम  कालिकोट हो।नेपाल इतिहासमा कालिकोट नाम कुनै परिचित नभएनी कालिकोटको मान्ममा सुर्यपुत्र मनुको राजधानी थियो भने रास्टकुट वंशको उद्गम स्थल रास्कोट क्षेत्र पनि यो जिल्ला भित्र नै पर्दछन्। नेपाल अधिराज्यको सबै भन्दा पछि स्थापित यो जिल्ला कान्छो जिल्लाको रुपमा पनि चिनिन्छ। कर्णालीका अरु चार  जिल्ला भन्दा घना आवादी भएको यो जिल्लामा अरु भन्दा सामाजिक चेतना, शैक्षिक विकास,  मानिसहरुको जीबन स्थर  बढी भएनी यहाँ को स्थीति दयनीय नै छ। हुम्ला,जुम्ला,मुगु, डोल्फा भन्दा यो जिल्ला केहि होंचो भागमा अबस्थित छ भने पहाडी र हिमाली दुवै किसिमका ठाउँहरु यस जिल्लामा पर्दछन। १,७४१ हेक्टर (बर्ग कि .मि .) क्षत्रफलमा फैलिएको यो जिल्लामा गिरिदह, दहठेकिदह, संखदह, बिस्टदह, धौलीदह, गरुल्नुहान्नीदह, जोगिनीदह, आदि तालतलैयाहरु पर्दछन् भने बिस्वकै अग्लो पाचँल झरना पनि यस छेत्रमा पर्दछ। कर्णाली र तिला नदि यस जिल्लाको ठिक बीच भयर बग्छन। खाद्यान्नमा प्रनिर्भर यो जिल्लामा घट्दो उत्पादन र बढ्दो जनसंख्याले आज दिनानुदिन परनिर्भर भन्दै गएको छ।कुनै दिन यो जिल्लाले  खाद्यान्न अरु जिल्लाहरुलाई उपलब्ध गराउथ्यो। भोटबाट  हुम्लाहुदै  नुन र ऊन आउथ्यो भने तेस्को बदलामा चामल यहाबाट पैठारी हुन्थ्यो। नजिकका जिल्लाहरुमा यहाका मानिसहरु आफ्नो खाद्य उत्पादन बेज्दथे भन्दा आज कसैले नपत्याउन सक्लान। आज भोलि यहाका मानिसहरुले हात-मुख जोड्न नै नसक्ने अबस्थामा पुगेका छन्। यहा आज  आफ्नै राज्य छैन भएको काठमाण्डु केन्द्रिकृत राज्यको हेराई बिर्बल काजीको उखान भन्न गएको छ। मानिसको सबैभन्दा  ठुलो आवस्यकता गासको अभाब हो। एक गास खाना खान दिन रात काम गर्दानी यहाका बासिन्दाले पाउदैनन। बर्सभरि काम गरेर एक एक गास खान नपाएको कथा-व्यथा बोकेर यहाका मानिसहरु वसीरहेका छन्। दुख-पिडा प्रनेलाई थाहा हुन्छ अरुलाई के था यहाको पिडा के कस्तो छ। आज यहाका मानिसहरुसमस्या नै समस्या विचमा बाच्न बाध्य छन्। सरकारदेखि लियर कर्णालीका राजनेता, प्रसासन, यहाका आगुवा लगायत यन.जी.ओ.को आम्दानी क्षेत्र बनेको छ।यहाका दुख-पिडाका कुराहरु नगर्नेनी कोहि छैन आज यहाका समस्याको समाधान गर्नेनी कोहि छैनन्। 

No comments:

Post a Comment