25 June 2013

अर्थ छैन तर आबस्यकता छ चुनाबको

                आज नेताहरुको विरुद्धमा नबोल्ने नेपाली सायद कमै होलान  प्रत्येक चोक-चोकमा राजनीतिक गफ हुदा नेताहरुलाई गाली गर्ने त स्थायी गफ नै हो ।सारा नेपालीले सबै नेतालाई धिक्कारी रहेको यो आवस्थामा मङ्सिर ४ गतेको लागि  चुनाब तोकिएको छ । नेपालका माऊ पार्टीहरु पनि यो अबस्थामा चुनाबमा जान डराइरहेका छन् । तर चुनाबमा जान बाध्य भएका छन् । एकले अर्कालाई दोष दिदै चुनाबमा जान नचाहेको आरोप पनि लाई रहेका छन् । भने  अर्को तिर जनताहरु पनि पार्टी र नेताहरु पर्ती वाक्क-दिक्क भैसकेका छन् । अब आउने चुनाबमा भोट कसलाई किन र के को लागि दिने भन्नेको पनि कमि छैन । यता बैध्य खेमाका दलहरु चुनाबको घोर बिरोधमा हुनै दिन्नौ भनि कस्सिएका छन् । यो यस्तो अबस्थामा दलहरु पुग्नुको आफ्नै कमि-कमजोरीहरु कति छन् त्यो त सबैलाई छर्लंगै थाह भएकै कुरा हो । नेताहरुले आत्मालोचना पनि गरिसकेका छन् कि हामीले हिजो गल्ति गरेकै हौ भनेर । गल्ति कमि कमजोरी त् भै हाल्छ गरि हाले अब ति दिन सम्झिने हो भने हामी र हाम्रो देश कहिले पनि अगि बढ्न सक्दैनौ । अब हामी जनताले बिर्सी दिऊ नेताहरुको हिजोका गल्तिहरु तर अब देखि यी नेताहरु पनि सुध्रिनु पर्छ । हिजोका दिनका गल्ति कमि-कमजोरी अब दोहोराउन हुदैन ।  
        हिजो नेताहरुले गल्ति गरेकै हुन् यसमा कुनै संका छैन । अब गल्ति गर्ने हामी जनताको पालो आएको छ । हे ! नेतागणहरु तपाईहरुले हाम्रो गल्ति पनि स्वीकर्नु पर्छ । हाम्रो गल्ति तपाईहरुलाई तपाईहरुले भने जस्तै मताधिकारको बिषयमा हुन सक्छ जहाँ भोट नै नहाली आफ्नै काम गरेर बस्न पनी सक्छौ भने भोट हलिहाले पनि तपाइलाई नदीई अर्कैलाई पनि दिन सक्छौ 
           अगिल्लो संबिधान सभाको चुनाबमा हामी जनताले यिनै नेंताहरुहरुलाई ठिक मत दियर ठिक-ठिक व्यक्तिलाई माथि छानी-छानी पठाएकै थियौ। जहाँ महान जनयुद्द हाकेको गौरबशालि पार्टी माऒबदि पार्टीलाई पर्थम,हिजो २००७ साल देखि राजनीतिमा खरिएको पार्टी काग्रेसलाई दिर्तीय,मदन भण्डारीको जबजको नाराले जनमत पाएको पार्टी एमालेलाई  तृतीय,र यसै यसैगरि क्रमस मदेसी लगायतका पार्टीलाई हामीहरुले सक्षमताको आधारमा संबिधान बनाउनको लागि सभासद चुनेकै हौ । तर बिडम्बना त्यसको ठिक उल्टो पर्न गयो । दु:खको कुरा सहि व्यक्तिलाई सहि ठाउमा पठायर सही सधुपयोग हुन सकेन । सहि व्यक्ति खराब व्याक्ति बन्दै गए ।यसरी आज नेपाललाई यो ठाउमा पुराउने यिनै नेताहरुले नै गर्दा हो । तपाई बैरी नेताहरुले हिजोको संबिधान सभाको चुनाब लड्न आउदा हाम्रो गाउ-घरमा हाम्रै आगाडी नेपाललाई स्विजरल्याण्ड बनाउने भनेको यिनै कानले सुनेको आजै हो जस्तो लाउछ । ति स्वर्ण नाराहरु कहाँ गए आज कि चुनाबको पर्खाइमा छन् ।अबको चुनाबमा ति त्यस्ता झुटा नारालाई नल्याएर आउदा नै बेस हुनेछ । ति हिजोका स्वर्ण नाराहरुले भएको नेताहरुको जितले मात्र नेताहरुको रजाई हुन गयो तर देश जस्ताको तस्तै रहन गयो ।नारा नारा मै सिमित भए भने देश जति दिन बित्दै गय त्यति पछी पर्दै गयो । म नेपाली भनेर होइन म गरिब नेपाली भनेर आजको बिस्वमा चिनिनु परेको छ 
                   पहिलो संबिधान सभाको चुनाब र आजसम्मका दिनहरुलाई केलायर हेर्नेहो भने चुनाब गर्नुको कुनै अर्थ छैन । आखिर चुनाब यिनै पार्टीहरुकै बिचमा र यिनै नेताहरुकै बिचमा हुनेहो । यिनीहरु अजै पनि सुध्रिएको आबस्था छैन तर के गर्ने आज चुनाब बाहेकको कुनै अर्को विकल्प पनी छैन । आजको गणतान्त्रिक मुलकमा मताधिकारको  अधिकार प्रयोग गरेर भोट दियर भए पनी भोट नदिए पनी चुनाब चाई बिथोलिन हुन्न ।मंसिरको चुनाब हुनै पर्छ राम्रा नेताहरु छनोट परेर राम्रो संबिधान बनाउनै पर्छ । तर नेताहरुको भर छैन 

No comments:

Post a Comment