23 June 2013

निरिह बनेको प्रकृति प्रकोप र गुप्-चुप आगुवाहरु

          प्रकितिक प्रकोप मानिसले आफै निम्ताउने होइन प्रकितिनै निरिह भहेर आउछ । लिनेलाई त लिएर जान्छ बाकि रहेर जिउनेलाई रुवाउछ । अझै भौतिक क्षति भन्दा मानबिय क्षतिले सधैको पिडा बनाउन सक्छ । भौतिक क्षति त भोलि परिश्रमले पूर्ति गर्न सकिएला तर मानबिय क्षति कसले पूर्ति गर्न सक्छ  भौतिक क्षति बाहेक कालीकोटमा बाढी पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । मृत आत्माले स्वर्गको बास पाउला नपाउला संकल्प मात्र गर्ने हो तर पिडित परिवारजनको समस्या यो समस्या नै समस्या भएको कर्णाली भित्रको समस्या कस्तो होला ? खोई आज कोले समाधान गर्न सक्छ राज्यका उच्च पदमा रहेका देखी लियर गाउघर सामाज, पार्टी र NGO,INGO का अगुवाहरुलाई सोध्न मन लाग्यो ?  भासणमा ठुल-ठुला आस्वासन दिने आज खोइ कता हराएका छन् कि चुनाब आउदै छ चुनाबमा आस्वासन दिन जाउला भनेर पर्खी बसेका छन् । राज्यको कुनै क्षेत्रमा राज्यले कम्तिमा १५ %भन्दा बढी उपस्थिति जनाउन सकेन भने राज्यले त्यो क्षेत्रलाई छोडी दिनु पर्ने बिस्वब्यापी मान्यता छ रे खोई कहिले बुझ्ने हो राज्यले ? प्रिथिबी नारायण शाहले सिंगो नेपाललाई एक बनाई एकताको मालामा उनेका हुन् ; 'नेपाललाई' भनी नाख फुलाउनेहरुहो खोई कर्णालीलाई बुझेको ? जब नेपाल एक हुनु भन्दा पहिले जुम्ला अधिनस्थ राज्य अरु भन्दा सक्षम थियो। यसमा त कोहि पनी दुई मत छैन होला । हिजो आफैमा सक्षम राज्य आज देशको एक क्षत्रमा सिमित हुदा परजीबी झैँ बाच्नु पर्ने यो कस्तो बिडम्बना हो । ए ! राज्यका आगुवाहरुहो सक्छौ भने कर्णालीलाई सक्षम बनाउ होइन भने हिजोको जुम्ला जस्ताको तस्तै फिर्ता देऊ कर्णालीबासीले आफ्नो कर्णालीलाई आफै बनाएर देखाउने छन्।
             आज गरिवीको कारणले गर्दा कर्णालीलाई संसारमा जिउन गार्हो भैसकेहो छ । म पोखरेली , धरानी, पाल्पाली भन्दा अरुहरुलाई आफ्नो जन्मभूमिको सान हुन्छ तर जुम्लाको एउटा जुम्लीलाई जुम्ली भन्दा उसले आफुलाई आपमान गरेको सम्झीन्छ ।आज कर्णालीबासीहरु लाई कर्णाली बाहिर भेटेमा घर सोध्नुहोस कर्णाली घर भन्न उ हिच्किचाउछ । यसरी आफ्नो सत्य परिचय दिन गारो किन भै रहेको छ । यो राज्यले कहिले बुझ्ने हो ? जसरी कर्णालीकोलाई नेपालमा आफ्नो परिचय दिन गार्हो छ त्यसरी बिदेसमा नेपाली हु भन्न पनी गार्हो भैरहेको होला बिदेशिएका नेपालीहरूलाई ।
              आज म कर्णालीको भन्न मलाई गार्हो अबस्था हो यो । यहाँ कसलाई के भनौ भनेर हुने भए म भन्दा अग्रज कर्णाली पर्ती चासो राख्नेहरुले  सधै राज्यलाई घचघचाई रहनु भएको छ तर केहि हुन् सकेको छैन हुनेवाला पनी देख्दिन जति सकारात्मक रहे पनी । तर मलाई आज कालिकोटको बाडी-पहिरोले पनी कर्णालीलाई नछोडेको र चुप रहेका अगुवाहरुको चर्चिकला हेर्दा पो गजब लागेर आयो ! किन हो हिजो सम्म कर्णालीका दुख पीडालाई सम्मोधन गर्नेहरु आज नबोलेका होलान ? हरेक भासणमा केहि गर्नु भन्दा पहिले हामीले कर्णालीको पिडा बुझ्छौ र हामीले समस्याको समाधान गर्छौ भन्ने हाम्रा अगुवाहरु आज कता हराएका होलान ? 

No comments:

Post a Comment