17 June 2013

प्रकृति प्रकोपसंग हाम्रा आगुवाहरुलाई जुधाउन मन लाग्यो

प्रकृति प्रकोप संग के लाउछ,मौसम नै निरिह भै दिए पछी कठै भनि मन दुखाउनु मात्र हो । 
हिजो देखि अविरल परेको पानीले देशभरका अधिकांश भूभागमा असर परेको छ उता दार्चुलामा महाकालीमा आएको बाढीले कटान बढेपछि दार्चुला सदरमुकाम खलंगा अस्तब्यस्त भएको छ । सरकारी कार्यलय सहित दर्जनौ घरहरु बागाएको छ । भुगर्बविदहरुले सरकारलाई जानकारी नगरेका हुन् कि सरकारले जानकारी हुदा-हुदै जिल्लालाई प्रकृति प्रकोपबाट सुरक्षित गर्न नसकेका हुन् प्रत्यक्ष राज्यको पहुच पुगेको जिल्ला सदरमुकाममा त यस्तो हालत छ भने बिकट दुर-दराजका गाउँहरुको कस्तो बिजोक होला ? भारतले बनाएको बाधका कारण महाकालीको बहाब नेपालतिर सोजिन पुगेको हो रे जानकारहरुका अनुसार धन्य जानकारहरु यो कुरा बाध बनाउदा जानेका त पक्कै थियौ होला । यो भएन त्यो भएन,देश र जनता का लागि लड्ने हामी भन्दै बिकास निर्माणमा बाधा अड्चन ल्याउने,गरि खान लागेका जनतालाई भिभिन्न बाहानामा राजनीतिक बखेडा निकाल्दै थोत्रो आस्वासनमा ताली बजाउन लाउने संचालनमा रहेका उद्योग,व्यवसायमा जनमुखी नारा ल्याएका छौ भन्दै बन्द गर्न लाउने हाम्रा अगुवालाई यो निरिह बनेको मौसम को प्राकृतिक प्रकोप संग जुधाउन मन लाग्यो 

No comments:

Post a Comment