21 September 2013

यिनै नेताको भर कति पर्ने, केहि गरौँ !

                 हुनत चुनाबले सधै सासकको छनोट गर्छ । र अहिले हाम्रो रास्ट्रमा हुन् लागेको/भर नभएको चुनाब दोश्रो संबिधानसभाको हो । जसले पनी शासकको चयन गर्ने अनी शासक कसरि बनाउन सकिन्छ र जनतालाई कसरि अंकुसमा पार्ने भन्ने कागजी लेखोट तयार पार्ने हो । यहाँ हाम्रो समाजमा संबिधान सभा नै सबैकुरा भनेर पहिलो संबिधानसभामा हामफाल्ने नेपाली धेरै छौ । घरको सबै काम छोडेर चुनाबमा हुमिएकै हौ । त्यसको फल चाखी रहेका छौ हामीले आज सम्म । त्यही फल पचाउन गार्हो भइरहेको छ ।आज सम्मका यस्तै राज्य शासकका फलहरुको कमालले गर्दा हामीहरु घर न घाटको जिबन बिताउन पुगेका छौ । जुन कुरा हामि जनताले कहिले पनी भुझ्न सकेनौ र बुझ्न सकेका पनी छैनौ । हो हामीहरु अझै कहिले सम्म अबुझ भएर बस्ने हो ? 
               
                 यहाँ हामीले सबै भन्दा बुझ्नु पर्ने मुख्य दुइटा कुरा छन। पार्टी र नेता : सर्बप्रथम पार्टीलाई बुझ्नु पर्ने हुन्छ त्यसको नीति, रणनीति,कार्यान्यन आदिको ज्ञान हुनुपर्छ त्यो केहि पार्टीका नेता बाहेक कसैलाई थाह छैन अगुवाले भनेको भरमा ताली बजाइन्छ यहाँ । र अर्को कुरा नेताको ....पार्टीको निति जति सुकै राम्रो होस् त्यसको कार्यनयन गर्ने नेता नै गद्दारी छ भने नाम मात्रको पार्टीको पनि काम हुन्न । जुन नेताहरु कुनै पनी ठिक हुन सकेको अवस्था छैन यहाँ । सबै नेताहरु देखि सबैको आस हराइ सकेको यो स्थितिमा देशमा चुनाब बाहेकको कुनै बिकल्प पनी छैन र देखिन्न पनी । यदी चुनाब भए पनी हामी जनताले पाउनु पर्ने आधारभूत आबस्यकता पूर्तिको लागी यिनीहरुबाट आस मात्र हो । यहाँ मुख्य गरी दुइटा पार्टीको बोलवाला छ, कांग्रेस र कम्निस्ट (भिबिन्न हागा सहित) जसमा कांग्रेसले सबै काम चुनाबबाट प्रजातान्त्रिक हिसाबले गुणान गर्छ । जसको हिसाब किताब ०७ साल देखि अहिले सम्म हामीले चाखी सक्यौ र बाकी कम्निस्टहरु छन् । जुन आफै मिल्न नसक्ने देश र जनतालाई कसरि मिलाउन सक्छन र हामीलाई युद्द बाहेक के दिन्छन होला र देलान । यस्तै पार्टी र नेताबाट हामी जनताले आस गर्नु भनेको आफु पछी पर्ने काम बाहेक अरु केहि काम हुन् सक्दैन । यो आउनै लागेको चुनाब पनी यिनैलाई छनोट गर्ने हो । जुन चुनाबले हामीलाई केहि दिदैन । केहि दिदैन भनेर चुनाब हुनु हुदैन भन्न खोजेको पनी होइन । चुनाब हुनु पर्छ तर आबस्यकता छ, किनकि आज राज्यको कुनै पनी निकाय खालि छ जसको पूर्तिको आबस्यक छ । र अझै आउने चुनाबमा राजनिती गर्न मन भयकाले भाग लिउन अनी को कसका नेता कार्यकर्ता बढी छन् देखाओस चुनाबले र पार्टी र नेता पनि मन नपार्ने(जनता) पनी कती छन् त्यो पनी देखाओस चुनाबले । 

                 यी यस्तै पार्टीका मन नपर्ने नेताहरु र यिनैलाई भोट दियर के काम बरु आफ्नै काम गरेर बस्छु भन्ने नेपालीको पनी संख्या कति छ चुनाबमा देखिने छ र देखाउनु छ । धेरै-भन्दा धरै मत खस्नु हुन्न । सबै जनता पनी चुनाबमा हुमिनु हुन्न । तठस्थ ब्यक्तिहरुको संख्या बढी हुनु पर्छ चुनाबमा । जसले गर्दा जित्नेले जितीरहन र हार्नेले जित्नको लागी तठस्थ ब्याक्ति तान्न जनताको लागी भोलिका दिनहरुमा केही देखाउन भन्ने मेरो भुझाई हो  ....त्यसैले म यो चुनाबमा भोट हाल्न जाने छैन र म जस्तैको संख्या बढोस् भन्ने चाहन्छु 

                   
                   >>>अन्तिममा देस बिकासको लागी पार्टी, नेता र चुनाबको आबस्यकता हुन्न । चुनाब त केवल शासक छनोट मात्र हो । केहि गर्नु छ त समाजको लागी सबै मिलेर जाऊ बिकाश सम्भव छ >>>> 
                  
                  मलाई केहि गरौ भन्ने सकारात्मक सोच पलाएको छ र त्यस्तै सोच भएका साथीहरुको खाचो छ  
                                
                  केहि गरौ भने सोच भएका साथीको लागी सम्पर्क : ९८५६०३१३७३

No comments:

Post a Comment